४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको कञ्चन गाउँपालिकामा ४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्यनारायण थापाका अनुसार घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै परिवारले दिएको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गन्धर्वलाई भने जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ४५ बजे

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले