४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ « Khabarhub

४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको कञ्चन गाउँपालिकामा ४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्यनारायण थापाका अनुसार घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै परिवारले दिएको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गन्धर्वलाई भने जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ४५ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो