एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण « Khabarhub

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका खनाल-नेपाल समूह पक्षधर तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । केन्द्रको निर्णय अवज्ञा गरेको भन्दै उनीहरु तीनैजनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको प्रदेश कमिटी अध्यक्ष थापाले जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर उक्त निर्णयको उलंघन गर्दै संसदीय दलको बैठकले समर्थन निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ०१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र