एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण « Khabarhub

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका खनाल-नेपाल समूह पक्षधर तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । केन्द्रको निर्णय अवज्ञा गरेको भन्दै उनीहरु तीनैजनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको प्रदेश कमिटी अध्यक्ष थापाले जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर उक्त निर्णयको उलंघन गर्दै संसदीय दलको बैठकले समर्थन निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना