राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचन परिणामको प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचन परिणामको प्रतिवेदन पेश


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश भएको जानकारी दिएका हुन् ।

सहप्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो ।’

यही जेठ ६ गते भएको उपनिर्वाचन (बागमती प्रदेशमा) डा.खिमलाल देवकोटा विजयी भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : १४ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र