अदालतको आदेश उल्लंघनमा प्रधानमन्त्रीलाई पुर्जी काट्नु पर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी | Khabarhub Khabarhub

अदालतको आदेश उल्लंघनमा प्रधानमन्त्रीलाई पुर्जी काट्नु पर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेकाले प्रधानमन्त्री कपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन पुर्जी काटिनु पर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा बहसका क्रममा उनले सर्वोच्च अदालत आफैँले गरेको पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको उल्लेख गरे ।

उनले बहसका क्रममा भने ‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : २० बजे

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल