किमले कानमा ‘ॐ’ झुण्ड्याएपछि… « Khabarhub

किमले कानमा ‘ॐ’ झुण्ड्याएपछि…


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी टेलिभिजन रियालिटी स्टार र बिजनेस वुमन किम कार्दासियन चर्चामा आउनका लागि हरेक हतकण्डा अपनाउछिन् । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् ।

कहिले विलासी जीवनशैली त कहिले बोल्ड फोटोसुटले सामाजिक सञ्जालमा उत्तिकै छाइरहन्छिन् ।

अमर उजालाका अनुसार केही दिन अघि किमले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरिन् । जसको चर्चा निकै भएको थियो । तस्वीरमा किम रातो रंगको पहिरनमा ‘ॐ’ वाला डिजाइनको एयररिंग कानमा झुण्ड्याएकी थिइन् ।

यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भयो । उनको यो तस्वीरलाई केही फ्यानले भने मनपराएनन् । उनीमाथि फ्यानले धार्मिक भावनामा ठेस पुर्‍याएकाे आरोप लगाएर उनलाई ट्रोल गरे ।

‘ॐ हिन्दु धर्मको पवित्र पहिचान हो । यो कुनै गहना होइन भनेर भन्ने के अब सही समय आएको छैन र ? एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले ‘सेलिब्रेटीले कहिले सांस्कृतिक संकेतको प्रयोग गर्न बन्द गर्छन् ?’ भन्दै विरोध गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ३० बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज