यास चक्रवातको प्रभाव : अझै केही दिन उच्च बेगको हावाहुरिसहित भारी वर्षाको सम्भावना « Khabarhub

यास चक्रवातको प्रभाव : अझै केही दिन उच्च बेगको हावाहुरिसहित भारी वर्षाको सम्भावना


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा यास चक्रवातको प्रभाव रहेको जनाएको छ ।

यास  चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै केही दिन उच्च बेगको हावाहरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यसैगरी गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ  ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्‍तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १४ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

२०७८ जेठ १५ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ जेठ १६ गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदलि रहि बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बाग्मती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदलि रहि प्रदेश १ र प्रदेश २का केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ४४ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख