भारतमा घट्दै संक्रमण, २४ घण्टामा १ लाख ७९ हजार संक्रमित थपिए « Khabarhub

भारतमा घट्दै संक्रमण, २४ घण्टामा १ लाख ७९ हजार संक्रमित थपिए


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाको संक्रमणदर क्रमश:  घट्दो अवस्थामा गएको छ ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिएका संक्रमितको संख्याले पनि संक्रमण दर घटेको देखाउँछ ।

२४ घण्टाको अवधिमा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ४७ हजार ७०५ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ५५८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १८ हजार ८२१ पुगेको छ ।

भारतमा २ करोड ४८ लाख ९० हजार ३२६ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये २३ लाख ३८ हजार ५५८ जनामा संक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना