परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब « Khabarhub

परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उनले जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिवेदन हेर्दा अधिकांशको बुझाई परीक्षा भइदिए हुन्थ्यो भन्ने रहेको समेत उनले बताए । कार्यदलले बुझाएको प्रतिवेदनको जिस्ट भनेको परिवेशको आकलन गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नै रहेको उनले बताए ।

परीवेशलाई बोर्डले कसरी आकलन गर्ने भन्ने विषयमा आजदेखिनै बोर्डमा छलफल चलिरहेको समेत उनले जानकारी दिए । परीक्षाको विषयमा जतिसक्दो चाँडो निर्णय गर्ने उनले बताए ।

कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएकाले बोर्डले गत वैशाख २७ गते कक्षा १२ र एसईई पूर्वनिर्धारित परीक्षालाई स्थगित गर्दै परीक्षाको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रतिवेदन बुझाइसकेकाले परीक्षाको विषयमा चाँडै निर्णय गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनका अनुसार बोर्डले प्रतिवेदनको विषयमा अध्ययन सुरु गरेको छ । त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ५३ बजे

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न