अहिले देशभरका विभिन्न स्थानमा वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

अहिले देशभरका विभिन्न स्थानमा वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

आज देशभर मौसममा सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको रहेको छ।

देशका हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ।

शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातर वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै