लाङटाङमा स्वास्थ्यकर्मी परिचालन « Khabarhub

लाङटाङमा स्वास्थ्यकर्मी परिचालन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्काे बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ । कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए ।

करिब ५०० जनसंख्या भएको लाङटाङ क्षेत्रमा १५÷२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको बताउँदै स्थानीय छिमी रेन्जेन तामाङले भौगोलिक विकट स्थानमा भगवान्को भरोसा भन्दै बसिरहेको अवस्थामा स्थानीय सरकारमार्फत उपचारका लागि औषधिसहित स्वास्थ्यकर्मी पठाइएको खबरले गाउँवासीमा उत्साह भएको जनाए ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : २४ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति