डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघको माग | Khabarhub Khabarhub

डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघको माग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै यो महामारीको विषम अवस्थामा ज्यानको बाजी थापेर सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण निन्दनीय रहेको जनाएको छ ।

कुटपिट र आक्रमणका घटना दिनहुँ बढेको भन्दै महासंघले दोषीलाई कानूनी दायरामा ल्याइ स्वास्थ्यकर्मीको जीवन रक्षाको पहल गरिदिन सरकारसँग माग गरिएको छ।


यसैबीच स्वास्थ्यकर्मीमाथिको कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् । गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

कोभिडका बिरामीको क्षमताभन्दा बढी सङ्ख्यामा उपचार गर्दै आएको भेरीमा यसअघि पनि डाक्टर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १ : ०८ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार