डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघको माग « Khabarhub

डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघको माग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै यो महामारीको विषम अवस्थामा ज्यानको बाजी थापेर सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण निन्दनीय रहेको जनाएको छ ।

कुटपिट र आक्रमणका घटना दिनहुँ बढेको भन्दै महासंघले दोषीलाई कानूनी दायरामा ल्याइ स्वास्थ्यकर्मीको जीवन रक्षाको पहल गरिदिन सरकारसँग माग गरिएको छ।


यसैबीच स्वास्थ्यकर्मीमाथिको कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् । गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

कोभिडका बिरामीको क्षमताभन्दा बढी सङ्ख्यामा उपचार गर्दै आएको भेरीमा यसअघि पनि डाक्टर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १ : ०८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क