खोपको समानुपातिक वितरणमा जोड दिन जी–सेभेन र जी–ट्वान्टी मुलुकलाई प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

खोपको समानुपातिक वितरणमा जोड दिन जी–सेभेन र जी–ट्वान्टी मुलुकलाई प्रधानमन्त्री ओलीको आग्रह


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० मुलुकहरुलाई आग्रह गरेका छन् ।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको समानुपातिक वितरण नहुँदा नेपालजस्ता विकाशसिल मुलुक यसको मारमा परेको उल्लेख गर्दै खोपको समानुपातिक वितरणमा जोड दिएका हुन् ।

‘जी-सेभेन र जी-ट्वान्टी मुलुकहरुले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न जरुरी छ’ प्रधानमन्त्रीले भने, ‘सबैजना सुरक्षित नभइकन कोही पनि सुरक्षित हुन सक्दैन ।’

नेपालमा अनुदानबाट ३२ लाख २८ हजार डोज र खरिदबाट १० लाख डोजसहितको खोप अभियान अघि बढेको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

महामारीविरुद्ध लडिरहेका र फ्रन्टलाइनमा खटिएकाहरुको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै प्रधानमन्त्रीले चिकित्सकमाथिको आक्रमण दण्डनीय भएको समेत बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ३१ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि