ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभएको प्रधानमन्त्रीको जिकिर « Khabarhub

ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभएको प्रधानमन्त्रीको जिकिर


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको जिकिर गरेका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका हुन् ।

‘ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तामाथिकै अपमान गर्नु भएको बताए ।

उनले राजनीतिक स्थायित्वको निर्वाचन भएको बताउँदै जनतामा देखिएको निराशा छिट्टै अन्त्य हुने दाबी गरे ।

सम्बोधनकै क्रममा उनले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित बताए । उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए ।

उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।

आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए ।

उनले कोभिड कहरले विकास यात्राको अवरोधक नबनोस् भनेर सरकार सचेत रहेको उनले बताए । उनले व्यापार सन्तुलन कायम गर्न थप मुलुकसँग पारवहन, व्यापार सम्झौता गर्ने पनि बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ५५ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि