एमाले एकता जोगाउन गरेका प्रयास सफल हुन सकेनन् : प्रधानमन्त्री « Khabarhub

एमाले एकता जोगाउन गरेका प्रयास सफल हुन सकेनन् : प्रधानमन्त्री


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकता जोगाउन गरेको प्रयास सफल हुन नसकेको बताएका छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अन्त्यहीन गुटको थलो बनाउने केही नेताका कारण फ्लोर क्रस, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा बागी उठाउने र आफ्नो संसदीय दलका नेतालाई हटाउन कहिले अनुपस्थित हुने जस्ता गतिविधिका कारण एमाले एकता सफल हुन नसकेको बताए ।

‘नेकपा एमालेलाई नै एकीकृत विरासतको रुपमा अघि बढाउने प्रयत्न गर्यौँ तर कतिपय नेताहरुमा गल्तीको बोध भएन’, प्रधानमन्त्रीले भने ।

उनले प्रतिनिधि सभा पुरै समय चलोस् भनेर गरेको प्रयासलाई पनि सफल हुन नदिइएको जिकिर गरे ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : १२ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि