भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक भएको बताएकी छिन् ।

उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुर्व्यवहार खेदजनक भएको बताएकी छिन् ।

“दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो”, उनले ट्वीटमा उल्लेख गरेकी छिन् ।

उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ०१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का