चामेका ३६ घर जोखिममा, बस्ती डुबानमा « Khabarhub

चामेका ३६ घर जोखिममा, बस्ती डुबानमा


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ । खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ ।

पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्तरण गरिएको छ । ‘लामो समयसम्म लगातार परेको पानीले खोला बढेको छ, जोखिमयुक्त घरपरिवारलाई छिमेकी वडामा स्थानान्तरण गरेका छौं’, लामिछानेले भने, ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय उद्धारमा खटिएको छ, बस्तीका मानिसलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गरिरहेका छौं ।’

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले भने, ‘निरन्तरको वर्षाले गर्दा क्षति पुगेका क्षेत्रमा अनुगमनमा गएको थिएँ, आफ्नै झण्डै बाढीले बगाएन, घरपरिवारले समयमै थाहा पाएर भागेछन् ।’ ‘कोभिडका समयमा संक्रमितको व्यवस्थापन र लगातारको वर्षाले क्षति पुगेको ठाउँ अवलोकन तथा अनुगमनमा निस्कँदा यता आफैँ जोखिममा परिएछ,’ घलेले भने । – रासस

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ५५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ