भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कार आरोपी « Khabarhub

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कार आरोपी


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत मध्य मानवहादुर बलात्कार आरोपी रहेको खुलेको हो ।

प्रहरीका अनुसार एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । २०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ४० बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको