हत्या आरोपमा ४ किशोर पक्राउ « Khabarhub

हत्या आरोपमा ४ किशोर पक्राउ


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको धनगढीमा मा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ४ जना किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका ४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीका घोडाघोडी नगरपालिका १ बस्ने १८ वर्षीय युवराज शाही रहेका छन् ।

पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : २५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि