कोभिड प्रभावित क्षेत्रले नवीकरण दस्तुर तिर्न नपर्ने « Khabarhub

कोभिड प्रभावित क्षेत्रले नवीकरण दस्तुर तिर्न नपर्ने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर आगामी आर्थिक वर्षका लागि छुट गरेको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटल ट्राभल ट्रेकिङ लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी पार्लर, हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । ती उद्योगहरु स्वतः नविकरण हुने उनले जानकारी दिए ।

त्यस्तै, कोभिड महामारीका कारण सञ्चलानमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा नेपाल सरकारले तय गरेको मापदण्ड बमोजिमको रकम उपलब्ध गराइने पनि पौडेलले जानकारी दिए । होटल तथा पर्यटन क्षेत्रलाई उत्पादन मूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ०९ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद