महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आयो : रामचन्द्र पौडेल « Khabarhub

महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आयो : रामचन्द्र पौडेल


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् ।

काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

“काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको संवैधानिक व्यवस्था बचाउने र सङ्कटमा पर्न लागेको पार्टी बचाउने मुख्य तीन जिम्मेवारी छ,” उनले भने । काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न नसक्ने उनको भनाइ छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गैरजिम्मेवारपनका कारण अक्सिजन अभावले कोरोना सङ्क्रमितको बिरामी मृत्यु हुनु दुःखद कुरा भएको बताए । “वर्तमान सरकारले विश्वासको मत लिन नसकेर राष्ट्रपतिले नयाँ सरकारको आह्वान गरेपछि काँग्रेस नयाँ सरकार निर्माणमा लागेको हो,” उनले भने ।

काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोरोना महामारीको समयमा सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताइन् । सांसद अमरेशकुमार सिंहले संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।

काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नेतृत्वमा इच्छाशक्ति भए समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गरे । काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिम, इलामका सभापति हिमालय कर्माचार्य, नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले समयभित्र पार्टीको महाधिवेशन गर्नुपर्छ भने ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ०१ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ