सुर्खेतमा १० दिन निषेधाज्ञा थपियो | Khabarhub Khabarhub

सुर्खेतमा १० दिन निषेधाज्ञा थपियो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कोरोना भाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।

जिल्लामा सङ्क्रमणको दरमा केही कमी देखिएपनि सङ्क्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो ।

प्रजिअ रिजालले निषेधाज्ञाले मानिसहरूको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड सङ्क्रमण देखिएको छ । यहाँ शुक्रबारसम्म दुई हजार ४०१ कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने मृतकका परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएको रु. एक लाख उपलब्ध गराउन अनुरोध गरेको छ । त्यस्तै, बैठकले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक मनोसामाजिक परामर्शका गतिविधि सञ्चालन गर्न, पिसिआर नतिजा समयमै उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ४५ बजे

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय