चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री « Khabarhub

चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पीपीई, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिए । उनले भने “अहिलेको अवस्था निकै जटिल छ , मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हौँ । ”

परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए । ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४५ बजे

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१