चामेमा विद्युत् र खानेपानी आपूर्ति बन्द « Khabarhub

चामेमा विद्युत् र खानेपानी आपूर्ति बन्द


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– केही दिनदेखि परेको पानीका कारण खोलानाला बढेपछि मनाङको चामेमा विद्युत् आपूर्ति बन्द भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बिजुलीका पोलहरु ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । चामे गाउँपालिका—३ नयाँबजारमा घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि विद्युत् सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालायले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि दर्जनौँ घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।

बाढीका कारण चामेमा खानेपानी सुविधा पनि अवरुद्ध भएको छ । वर्षाले सडक तथा पुल बगाउँदा लमजुङबाट आवतजावत गर्ने यातायात विच्छेद भएको छ । निरन्तरको वर्षाका कारण चामेका ३६ घर जोखिममा परेका छन् ।

बाढी पसेको बस्तीमा शनिबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा उद्धार गर्ने काम भइरहेको छ । पुनः खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर घरभित्र पसेका बालुवा फाल्ने र खोला रोक्ने काम गरिएको छ । हिजो दिउँसो २ बजेको समयमा घट्टे खोला र ठाडो लाइन खोलाहरुबाट आएको बाढी बस्तीमा पसेको थियो ।– रासस

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : २० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु