कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा भाग लिने पक्का « Khabarhub

कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा भाग लिने पक्का


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ ।

जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्धारित फायरिङ पोजिशनमा रही निश्चित गरिएको दूरीको टार्गेटबाट हतियारका माध्यमद्वारा (पेस्तोल र राइफल) निशाना लगाई तोकेको समय र गोली हानी बढी स्कोर प्राप्त गर्नेको जीत हुने खेल नै सुटिङ हो । कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन् । ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनोटमा परेकी हुन् ।

त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको वुहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्मस्) मा उत्कृष्ट प्रतिस्पर्धा गरेकी थिइन् ।

भारतमा भएको वर्ल्ड कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकूदमा पनि कल्पनाबाट निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी हुन् । यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएकी थिइन् ।

नेपालमा २०३९ सालबाट शुरु भए पनि सेनामा विसं २०४३ बाट प्रवेश पाएको यस विधामा अहिले सेनाका १५ खेलाडी अभ्यासरत रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : ३० बजे

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले