सातै प्रदेशमा छायांकनस्थल, काभ्रेमा फिल्म स्टुडियो « Khabarhub

सातै प्रदेशमा छायांकनस्थल, काभ्रेमा फिल्म स्टुडियो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातै प्रदेशमा छायांकनस्थल निर्माण गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले छायांकनस्थल निर्माणको घोषणा गरेका हुन् ।

बजेटमा गणेश हिमाल क्षेत्रमा फिल्म छायांकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको छ ।

त्यस्तै काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण गरिने बजेटमा घोषणा गरिएको छ । यसअघि सरकारले दोलखाको डाङडुङेडाँडामा फिल्म सिटी निर्माणको लागि बजेट छुट्याएपनि त्यसको उल्लेख्य प्रगति हुन सकेको छैन ।

बजेटमा उत्कृष्ट फिल्म निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।

यसैगरी सरकारले कोभिड–१९बाट प्रभावित अन्य क्षेत्रजस्तै फिल्म उद्योगको करयोग्य आयमा आयकर लाग्ने व्यवस्था गरी त्यसको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याएको छ ।

सरकारले फिल्म निर्माणमा प्रयोग हुने यन्त्र उपकरण र पाटपुर्जाको भन्सार महशुल छुट दिएको छ । त्यस्तै फिल्म उद्योगलाई अन्य उद्योगको जस्तै निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड छुट दिने निर्णय लिएको छ ।

यसैगरी कोभिड–१९ प्रभावित अन्य क्षेत्रजस्तै फिल्म उद्योगले आर्थिक वर्ष २०७८÷०७९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नविकरण हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

यस्तै फिल्म उद्योगमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२