पार्टी एकीकरणको बाँकी काम सक्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

पार्टी एकीकरणको बाँकी काम सक्न नेकपा सचिवालय बैठक बस्दै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिन सचिवालय बैठक बस्न लागेको हो ।

जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएपनि जनसंगठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, पोलिटव्यूरो गठन लगायतमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी एकीकरणका बाँकी काम सक्न सोमबार केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करीब ८ महिना भित्र जिल्ला अधिवेशनहरु सम्पन्न हुने बताए । उनले पार्टी एकताको सम्पूर्ण काम दुई दिनभित्रमा पूरा हुने दाबी गरे ।

यसअघि पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लामा दुई पार्टीबीचको एकता घोषणा गरेको थियो ।

जसमा पूर्व एमालेको भागमा परेको जिल्लामा एमालेका जिल्ला अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष हुने र पूर्व माओवादीका जिल्ला अध्यक्ष सचिव रहने गरि पार्टी एकता भएको थियो । त्यस्तै पूर्व माओवादी केन्द्रको भागमा परेको जिल्लामा पूर्व माओवादीका जिल्ला अध्यक्ष नै अध्यक्ष रहने र पूर्व एमालेका अध्यक्ष सचिव बनेका छन् । तर कतिपय जिल्लामा भने मर्यादाक्रम तल परेको भन्दै सचिव छानिएकाले शपथ लिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्