बौद्धस्थित आफ्नै डेरामा एक फ्रान्सेली नागरिक मृत फेला « Khabarhub

बौद्धस्थित आफ्नै डेरामा एक फ्रान्सेली नागरिक मृत फेला


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ, बौद्धमा एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका – ६ बौद्ध, नयाँबस्तीमा डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ बाहक ६७ वर्षीय फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।

उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । ‘उनी लामो समयदेखि बौद्ध क्षेत्रमा बस्दै आएका थिए । बीचमा आफ्नो देश आउजाउ गर्थे, शनिबार उनको डेरामै शव फेला परेको हो,’ डीएसपी कार्कीले भने ।

बाजुस एक्लै हिँड्ने गरेका र उनका खासै साथीहरु नभएको कार्कीले बताए । उनले के काम गर्दै आएका थिए र पछिल्लो समय कहिले नेपाल आएर बस्दै थिए भन्ने पनि खुलिसकेको छैन ।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । बाजुसले केही दिनदेखि घाँटी दुखेको बताउँदै आएका थिए । तर, उनको शरीरमा शंकास्पद कुनै घाउ चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : ०१ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा