श्रीलंकाली प्रहरीद्वारा बम आक्रमणका लागि प्रयोग भएको तालिम केन्द्र फेला « Khabarhub

श्रीलंकाली प्रहरीद्वारा बम आक्रमणका लागि प्रयोग भएको तालिम केन्द्र फेला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकाली प्रहरीले दुई साताअघि इष्टर सन्डेका दिन २५० जनाभन्दा धेरैको ज्यान जानेगरी भएका श्रृङ्खलाबद्ध बम आक्रमणमा संलग्न लडाकुले प्रयोग गरेको तालिम केन्द्र फेला पारेको छ ।

पूर्वी शहर कट्टनकुडीमा प्रहरीले १० एकड क्षेत्रफलमा रहेको तालिम केन्द्र फेला पारिएको प्रहरीले जनाएको हो ।

आक्रमणकारी लडाकुले त्यस क्षेत्रलाई बम बनाउन तथा बन्दुक चलाउने तालिम लिनका लागि प्र्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आक्रमणका मुख्य योजनाकार मानिने इस्लामिक अतिवादी जहरान हासिमको बासस्थान रहेको क्षेत्रनजिक रहेको तालिम केन्द्रको साँघुरो परिसरमा ४ तल्ले वाच टावर, एक भवन, कुखुरा र बाख्राको खोर तथा आँपका केही रुखहरु रहेको जनाइएको छ ।

तालिम केन्द्रमा प्रहरीले गोली लागेका प्वाल तथा बम बनाउने क्रममा प्रयोग भएका केही सामान बरामद गरेको जनाएको छ ।

प्रहरीले त्यस जमिनका दुई धनीलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : १८ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ