ताप्लेजुङमा निषेधाज्ञाको अवधि बढ्यो « Khabarhub

ताप्लेजुङमा निषेधाज्ञाको अवधि बढ्यो


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि तेस्रोपटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले पुन अवधि थप गर्दै यही जेठ २४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । सङ्क्रमणको अवस्था सामान्यतर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाइएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावश्यक हिंड्डुल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच सिरिजङ्घा गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । केही दिनयता गाउँपालिकाभित्रै कोभिड—१९ को सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अत्यावश्यकबाहेकका सेवा यही जेठ २२ गतेसम्म स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, माताहतका सबै वडा र नेपाल बैंक लिमिटेडबाट प्रवाह हुँदै आएका सेवा स्थगित गरिएको हो । यसअघि समेत उक्त सेवाहरु स्थगित गरिएको थियो ।

यस्तै जेठ २२ गतेसम्म यात्रुवाहक सवारीसाधनको आगमनमा पूर्णरुपले रोक लगाइएको समेत जनाइएको छ । सङ्क्रमण दिनानुदिन बढिरहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ३० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य