चीनले थप स्वास्थ्य सामग्री दियो, तातोपानी नाकामा हस्तान्तरण | Khabarhub Khabarhub

चीनले थप स्वास्थ्य सामग्री दियो, तातोपानी नाकामा हस्तान्तरण


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतका थप स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

आइतबार हस्तान्तरण भएको स्वास्थ्य सामग्रीमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूत यान्छीको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै कोरोनाविरुद्धको ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्ने जानकारी दिइएको छ ।

शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयारी हालतमा बिहीबार नै राखेको थियो ।

खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणासँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ०७ बजे

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा