बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद् « Khabarhub

बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद्


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थविद्ले आगामी वर्ष २०७८/०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तक्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।

कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे ।

कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए ।

पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनविना नै योजना समावेश गरिको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका पूर्वअध्यक्ष डा रवीन्द्र पाण्डे, व्यवसायी नरेश श्रेष्ठ, अर्थविद् डा विश्व पौडेल, राजु नेपाल, दधि अधिकारी, आर्थिक पत्रकारद्वय पुष्पराज आचार्य, कृष्ण आचार्यलगायतले सरकारले घोषणा गरेको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ४४ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य