अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित « Khabarhub

अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा नेपाल प्रहरीका असई र जवान दुई जना निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले उनीहरुलाई निलम्बन गरिएको हो ।

डीएसपी पाण्डेले भने, ‘हामीले अहिले उनीहरुलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्योभन्दा बढी पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बन  गरिएको छ ।’

जेठ ७ गते राति  आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । ​स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कुटपिट समेत गरेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ४० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि