ललितपुर भलिवल क्लबको टिम म्यानेजर लागुऔषधसहित पक्राउ « Khabarhub

ललितपुर भलिवल क्लबको टिम म्यानेजर लागुऔषधसहित पक्राउ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खेलाडी र समाजसेवाको आवरणमा लागुऔषध कारोबार गरको आरोपमा प्रहरीले लतिपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार तीन महिनाको अनुसन्धानपछि ललितपुर भलिवल क्लबको टिम म्यानेजर बताउने अनुप श्रेष्ठलाई ५० ग्राम लागुऔषध एम्फेटामाइन (आइस ड्रग) सहित पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार अनुपलाई आइतबार सूचनाका आधारमा कुमारीपाटीबाट लागूऔषध एम्फेटामाइनसहित पक्राउ गरिएको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार भलिवल क्लवसँगै टोल सुधार समितिमा रहेका अनुपले त्यही आवरणमा काठमाडौं उपत्यकाका धनाढ्य युवायुवती र खेलाडीहरुलाई महँगो पार्टी ड्रग्स एम्फेटामाइन बिक्री गर्दै आएका थिए ।

प्रहरीले अनुपसँगै अन्य दुई जना अमृता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागुऔषध एएम्फेटामाइन, त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैयाँ बरामद गरेको छ ।

अनुसन्धान अधिकारीका अनुसार अनुप आफैँ सेवनकर्ता हुन् र उनको लागुऔषधको डिलर भएको पनि खुलेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ११ : ३० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना