ललितपुर भलिवल क्लबको टिम म्यानेजर लागुऔषधसहित पक्राउ | Khabarhub Khabarhub

ललितपुर भलिवल क्लबको टिम म्यानेजर लागुऔषधसहित पक्राउ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खेलाडी र समाजसेवाको आवरणमा लागुऔषध कारोबार गरको आरोपमा प्रहरीले लतिपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार तीन महिनाको अनुसन्धानपछि ललितपुर भलिवल क्लबको टिम म्यानेजर बताउने अनुप श्रेष्ठलाई ५० ग्राम लागुऔषध एम्फेटामाइन (आइस ड्रग) सहित पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार अनुपलाई आइतबार सूचनाका आधारमा कुमारीपाटीबाट लागूऔषध एम्फेटामाइनसहित पक्राउ गरिएको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार भलिवल क्लवसँगै टोल सुधार समितिमा रहेका अनुपले त्यही आवरणमा काठमाडौं उपत्यकाका धनाढ्य युवायुवती र खेलाडीहरुलाई महँगो पार्टी ड्रग्स एम्फेटामाइन बिक्री गर्दै आएका थिए ।

प्रहरीले अनुपसँगै अन्य दुई जना अमृता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागुऔषध एएम्फेटामाइन, त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैयाँ बरामद गरेको छ ।

अनुसन्धान अधिकारीका अनुसार अनुप आफैँ सेवनकर्ता हुन् र उनको लागुऔषधको डिलर भएको पनि खुलेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ११ : ३० बजे

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

तनहुँ– उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ

काठमाडौं– सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नयाँ ल्यापटप किन्दा कस्तो छान्ने ?

काठमाडौं- अहिले ल्यापटप तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै भइसकेको छ