चोरी आरोपमा तीन जना प्रहरी निलम्बन « Khabarhub

चोरी आरोपमा तीन जना प्रहरी निलम्बन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।

सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।

गएको जेठ ९ गते गस्तिमा खटेको बेला उनीहरूले लहान नगरपालिका २३ गढीया चौकस्थित ‘पूजा मदिरा’ पसलबाट मदिरा चोरी गरेको आरोप लागेको थियो ।

मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको चौतर्फी आलोचना भएपछि उनीहरु विभागीय कारवाहीमा परेका हुन् ।

प्रहरी नायव उपरीक्षक तपन बहादुर सिंहको संयोजकत्वमा गठित चार सदस्य छानबीन समितिको सिफारिसका आधारमा उनीहरू कारबाहीमा परेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : ५९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक