दलित भएर मगरको घरभित्र पसेको भन्दै विद्यालयका प्रअमाथि कुटपिट गर्ने दुई पक्राउ | Khabarhub Khabarhub

दलित भएर मगरको घरभित्र पसेको भन्दै विद्यालयका प्रअमाथि कुटपिट गर्ने दुई पक्राउ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ ।

विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को