दलित भएर मगरको घरभित्र पसेको भन्दै विद्यालयका प्रअमाथि कुटपिट गर्ने दुई पक्राउ « Khabarhub

दलित भएर मगरको घरभित्र पसेको भन्दै विद्यालयका प्रअमाथि कुटपिट गर्ने दुई पक्राउ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ ।

विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४५ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा