नागढुङ्गा नाकामा प्रजिअको अनुगमन (फोटोफिचर) « Khabarhub

नागढुङ्गा नाकामा प्रजिअको अनुगमन (फोटोफिचर)


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा अत्यावश्यक वस्तुको सहज आपूर्ति भइरहेको बताएका छन् ।

अत्यावश्यक वस्तु बोकेका सवारीलाई नाकामा नै रोकिएको गुनासो आएपछि सोमबार काठमाडौँको नागढुंगा नाका अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले नाकाबाट सुरक्षा सतर्कता अपनाएर निर्वाध रुपमा अत्यावश्यक वस्तु बोकेका सवारी साधनलाई प्रवेश दिइएको बताए ।

उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई सर्वसाधारणले पालना गरेका कारण नै कोरोना संक्रमितको संख्या घट्दै गएको उनको भनाइ छ । पराजुलीले जेठ २० गतेदेखि खाद्यान्न र निर्माण कार्यलाई खुकुलो बनाइने पनि जानकारी दिए ।

कोरोना महामारीलाई रोक्न उपत्यकाको प्रशासन कार्यालयले जेठ २० गतेसम्म उपत्यकामा कडा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ३५ बजे

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले