तेल उत्पादक संघले भन्यो : खाने तेलमा कृत्रिम मूल्यवृद्धि गरिएको छैन | Khabarhub Khabarhub

तेल उत्पादक संघले भन्यो : खाने तेलमा कृत्रिम मूल्यवृद्धि गरिएको छैन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाने तेलमा भएकाे मुल्यवृद्धि सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरुप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले साेमबार विज्ञप्ति जारी गर्दैै आफ्नो ध्यानाकर्षण भएको जनाएकाे हाे ।

संघले विज्ञप्ति जारी गर्दै खाने तेलमा कृत्रिम मूल्यवृद्धि नगरिएको दाबी गरेको हो।

संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ । संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।’

करीव १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : २० बजे

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २