बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : अर्थमन्त्री पौडेल « Khabarhub

बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : अर्थमन्त्री पौडेल


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको बजेटपछिको छलफलमा उनले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गरे । त्यसको लागि उनले आजदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल शुरु गर्ने जानकारी दिए । सरकारले ल्याएको बजेट यसपछि आउने सरकारले पनि निरन्तरता दिने बताउँदै उनले निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामथ्र्य राख्ने उल्लेख गरे ।
सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नको लागि बजेट ल्याएको बताउदै बजेट भित्र बसेर टिप्पणी गर्न उनकोआग्रह छ । अहिलेको परिस्थितीसँग सरकार जुधिरहेको उनकोतर्क रहेको छ । “ हामी कोभिड भनेर हात ठडाएर बस्दैनौ, आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ”, मन्त्री पौडेलले भने, “ निर्वाचन हुदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउनु भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।”

उनले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पारे । राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्नको लागि निजी क्षेत्रलाई उनले सुझाव दिए । सरकारले ल्याएको बजेट आगामी सरकारले कार्यान्वयन गर्नैपर्ने हुने उनको कथन छ ।

निर्वाचन सरकारको रोजाइ नभएको भन्दै परिस्थितीको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उनकोभनाइ छ । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि बजेट कार्यन्वयन हुन्छ भन्नेमा सरकार प्रतिवद्ध रहेको जानकारी दिए । बजेट कार्यान्वयन समयमै गर्नको लागि बजेट मार्फत केही सुधारको प्रयास गरिएको उनको भनाइ छ ।

बजेट कार्यान्यवनको लागि जग्गा प्राप्तिलाई सहज गराइने, बजेट सूचना प्रणालीलाई संशोधन गरी रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था गरिने र आयोजनालाई सुक्ष्म ढङ्गले विश्लेषण गर्न आयोजना प्रमुख र सचिवलाई जिम्मेवार बनाइने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसपालीको बजेटमा केही सुधारको प्रयास भएको बताए । “ निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाब सम्बोधन भए, कोभिड खोपको व्यवस्थाका लागि बजेट ठिक छ, पर्यटन , मनोरञ्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो आएको छ राम्रो छ”, अध्यक्ष गोल्छाले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतिपूर्ण भएपनि बजेट नीति सकरात्मक रहेको प्रतिक्रिया दिए । उनले समयमै सर्वसुलभ भ्याक्सिनको व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भइ साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उल्लेख गरे । –रासस

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : १५ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न