कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय « Khabarhub

कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देशअनुसारको नाम नदिइने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएच) ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्ल्युएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो ।

डब्ल्युएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।

जसअनुसार अब युके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ ।

यसै महिनाको सुरुमा भारतीय सरकारले गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र