कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन नेपाली पक्राउ परेका छन् ।

कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा अबैध तरिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण भैरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारेको थियो । जसमा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ परेको जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ । यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन् ।

यस्तो क्रियाकलाप अधिकाम्स अबैधानिक तरिकाले बसेका नेपालीहरु बढी सग्लंग रहेको पाइछ । यसरी पक्राउ गरिएकाहरुलाई कुवेत सरकारले डिपोट गर्ने गरेको छ । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : २० बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर