स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ « Khabarhub

स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१० घडिअर्वा बस्ने सौरभ साह छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बताउने साहले फेसबुक पेज र म्यासेन्जर मार्फत चरित्र हत्या गर्ने, धम्क्याउने लगायत कानून विपरीतका काम गरेको पाइएको हुँदा पक्राउ गरिएको हो ।

साहमाथि अहिले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ४० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु