खाद्य र साल्ट ट्रेडिङले खाद्यन्नमा २० प्रतिशत छुट दिने, यी हुन् बिक्री हुने स्थान | Khabarhub Khabarhub

खाद्य र साल्ट ट्रेडिङले खाद्यन्नमा २० प्रतिशत छुट दिने, यी हुन् बिक्री हुने स्थान


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भोलिबाट केही खाद्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ आय व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने खाद्यन्नमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

सोही व्यवस्थाअनुरुप कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यी हुन् छुटमा पाइने खाद्यन्न

चामल : अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट ।

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।

यी हुन् बिक्री हुने स्थान :

काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट ।

त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।

यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : ५२ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर