एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने « Khabarhub

एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाका लागि यात्रा अनुमति दिएको छ । योसँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि त्यहाँ जान पाउने भएका छन् ।

आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको छ ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना [email protected] मा पठाउन दूतावासले अनुरोध गरेको हो ।

ढाकामा पुगेपछि सबै विद्यार्थीले जनस्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस सूचना

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : १५ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको