भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा « Khabarhub

भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबैधरुपमा भारततर्फ लैजाँदै गरिएको ३०० कार्टुन रक्सीसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।  पर्साको छिपहरमाइ गाउँपालिकाबाट सो परिमाणको रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार सूचनाका आधारमा चेकजाँजका क्रममा पर्साको छिपहरमाई गाउँपालिका –२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन कस्तुरी ब्राण्डको रक्सीसहित प्रदेश–२–०३–००१ थ ००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक भने फरार भएको र रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्याक्टरसहित सो परिमाणको रक्सी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ३० बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको