प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एक जनाको मृत्यु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेशसभा सदस्य कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करले पैदलयात्री ३५ वर्षे मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य दुई युवती सवार कार दुर्घटना हुँदा शर्माको मृत्यु भएको हो।

शर्मा भारतीय नागरिक रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । अर्का पैदलयात्री २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्।

राजवंशी कटहरी गाँउपालिका निवासी हुन्। दुवै जना स्थानीय एक फर्निचर उद्योगमा कार्यरत श्रमिक हुन्।

विमानस्थल सडकको पूर्वबाट पश्चिमतर्फ जानेक्रममा प्रदेशसभा सदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

घटना लगत्तै कार्की फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : १४ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा