एमालेका चार जनाबाहेक सबै मन्त्री हटाइँदै, ईश्वर पोखरेल पनि बाहिरिने | Khabarhub Khabarhub

एमालेका चार जनाबाहेक सबै मन्त्री हटाइँदै, ईश्वर पोखरेल पनि बाहिरिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हालको मन्त्रिपरिषदमा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले हटाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा सहभागी हुने ८ मन्त्री र २ राज्यमन्त्रीसहित आफ्नै दल एमालेबाट दुई जनालाई सरकारमा सामेल गराउने भएका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् भने शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

राजेन्द्र महतो नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ ।

ईश्वर पोखरेल बाहिरिने

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

पोखरेलसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन् । ज्ञवालीको स्थानमा प्रधानमन्त्री ओलीले एमालेका रघुबीर महासेठलाई भित्र्याएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ३३ बजे

अर्थसंक्षेप : बीपी राजमार्ग दशैंअघि नखुल्ने, नेपालको बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा

महानगर नछिरेपछि अनेरास्ववियुले उठायो सुकुम्बासी बस्तीको फोहोर

काठमाडौं- अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त काठमाडौं महानगर ११ नम्बर वडास्थित

बाढीले क्षति पुर्‍याएको कोशी ब्यारेज मर्मत गरिँदै

इनरुवा– सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार

बल्खुका बाढीपीडितलाई नेपाल-भारतमैत्री संघको राहत

काठमाडौं-  नेपाल-भारतमैत्री संघले काठमाडौंको बल्खुका बाढी पीडितलाई दश लाख रुपैयाँ

राप्रपामा विभागीय प्रमुख हेरफेर र मनोनयन, राजनीतिक विभागमा रवीन्द्र

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरूको