आमसञ्चार प्रतिष्ठान अर्को वर्ष स्थापना हुने « Khabarhub

आमसञ्चार प्रतिष्ठान अर्को वर्ष स्थापना हुने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान आगामी वर्षभित्र स्थापना गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को नियमित बैठकबारे जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चौथो अंगलाई मर्यादित र जिम्मेवार बनाउन प्रतिष्ठानको आवश्यकता रहेको बताए ।

उनले प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । सहसचिव र सचिव हुनका लागि ६ महिना स्टाफ कलेज तालिम लिनुपर्ने, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य क्षेत्रमा लोकसेवा उत्तीर्ण गरेर नियुक्त भएपछि पनि सम्बन्धित विषयमा थप तालिम र प्रशिक्षण लिनुपर्ने प्रसंग उल्लेख गर्दै मन्त्री गुरुङले पत्रकारका लागि पनि थप प्रशिक्षण आवश्यक भएको बताए ।

एउटा सूचनामा केही तलमाथि पर्दा देशले कहिलेकाहीँ शिर झुकाउनुपर्ने अवस्था आउने तथा अप्रिय घटना हुने हुँदा देशको चौथो अंगले जवाफदेही र मर्यादित बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । मन्त्री गुरुङले पत्रकार कल्याणकारी कोषलाई कार्यविधि बनाएर सक्रिय बनाइने पनि बताए ।

सूचना तथा प्रसारण विभागबाट जारी गरिने परिचयपत्र प्राप्त गर्न निकै झन्झट बेहोर्नुपरेकाले अब देशभरका पत्रकारले परिचयपत्र प्राप्त गर्न तथा नवीकरण गर्न विभाग धाउनुपर्ने बाध्यताको अन्त्य गर्न लागिएको मन्त्री गुरुङले सुनाए । अब हुलाक र अनलाइनबाटै सो कार्य गर्न सकिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था सूचना विभागले उपलब्ध गराउने परिचयपत्रका आधारमा आगामी साउनदेखि नै लागू हुने पनि बताए ।

कोभिड –१९ बाट प्रभावित पत्रकारका लागि लेखनवृत्ति र सञ्चारगृहका लागि पुनःकर्जाको व्यवस्था गरिएको र पत्रकार कल्याणकारी कोषलाई कार्यविधि बनाएर सक्रिय बनाइने उनले जानकारी दिए ।

सरकारले सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सो अवसरमा मन्त्री गुरुङले जानकारी दिए । यसैगरी विश्वविद्यालय अनुदान आयोगका सदस्यमा प्रा डा यादवप्रकाश लामिछाने, मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिका कार्यकारी निर्देशकमा डा विनोद अर्याल तथा प्रेस काउन्सिलका अध्यक्षमा बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए ।

आगामी आर्थिक वर्षको बजेटले नयाँ सन्देश दिएको र त्यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उनल जोड दिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई