अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा १५ प्रतिशत बनाउने बिल संसदमा पेश « Khabarhub

अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा १५ प्रतिशत बनाउने बिल संसदमा पेश


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा दोब्बर बनाउने बिल संसदमा पेश भएको छ ।

अहिले रहेको ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको हो ।

इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् ।

त्यो बिलमा पारिवारिक ग्रीनकार्डको देशिय कोटा बढाउने प्रस्ताव रहेपनि रोजगारमा आधारित ग्रीनकार्डको देशीय कोटा भने हटाउने प्रस्ताव गरिएको छ ।

द इकोनोमिक टाइम्समा उल्लेख भए अनुसार ईबी टु र ईबी थ्री श्रेणीको ग्रीनकार्डका लागि ९ बर्षको संक्रमण अवधि प्रदान गर्ने तथा संक्रमण अवधिका लागि ५ दशमलव ७५ प्रतिशत भिसा कन्सुलर प्रकृयाका लागि रिजर्भ राख्ने बिलमा समावेश गरिएको छ।

यो बिल पारित भएमा कामदार भिसा एचवान बीका लागि समेत नयाँ प्रावधानहरुको व्यवस्था गर्नेछ । आई १४० आवेदन स्वीकृत भइसकेको २ बर्ष भइसकेका रोजगारमा आधारित ग्रीनकार्डका आवेदकलाई भिसा उपलब्ध हुनु अगाडि पनि ग्रीनकार्डका लागि आवेदनदिनसक्ने व्यवस्था समेत बिलमा छ ।

यो बिल सन् २०२० को डिसेम्बरमा सिनेटबाट पारित एउटा बिलकै संशोधित रुप हो । अमेरिकामा हरेक बर्ष विश्वभरबाट २ लाख २६ हजारसम्मलाई परिवारमा आधारित ग्रीनकार्ड प्रदान गरिन्छ । त्यस्तै रोजगारमा आधारित ग्रीनकार्ड बार्षिक १ लाख ४० हजारसम्मलाई प्रदान गरिन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका