शेयर बजारमा सुधार, सोमबार २२ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

शेयर बजारमा सुधार, सोमबार २२ अंकले बढ्यो नेप्से


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लगातार घट्दै आएको शेयर बजार साप्ताहिक कारोबारको दाेस्राे दिन बुधबार भने करिब २२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ अंकले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा सोमबार शेयर बजार १ दशमलव ७० प्रतिशतले बढेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ०१ अंकले बढेको छ । सेन्सेटिभ परिसूचक भने १ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । उच्च अङ्कले नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकम भने सोही अनुसार वृद्धि हुन सकेन । कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर रु ६३ करोड ३६ लाख ५३ हजार ५२९ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमबार अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह शुन्य दशमलव ८५ अंकले घटेको छ । बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् ३ दशमलव ३६, वित्त १ दशमलव ७६, निर्जीवन बीमा ४ दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता  ३८८ मा ४ करोड ९४ लाख १५ हजार १५२ मूल्यमा शिवमको कारोबार भयो । यस्तै जनता बैंकको ३ करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड ३ करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक ३ करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक २ करोड ४० लाख ९४ हजार ९, नेको इन्स्योरेन्स २ करोड २ लाख १ हजार ८५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सोमबार साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शुन्य चार, बैंक अफ कमाठमाडौँ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाए । मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, यूनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड दुई दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले दुई दशमलव ३९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०८ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता