७१ वर्षीया साराको मोडलिङ सक्रियता | Khabarhub Khabarhub

७१ वर्षीया साराको मोडलिङ सक्रियता


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी(आजतक)– उमेर केवल एउटा अंक मात्र हो । यो भनाई हालै एक ७१ वर्षीया मोडलले मोडलिङ मञ्चमा साबित गरेकी छन् । सारा ग्राण्ट नामकी यी मोडलले अष्ट्रेलियन फेसन विकमा आफ्नो रनवे डेब्यू गरिन् ।

बिहीबार आयोजित यो फेसन विकमा जब सारा स्विमसुटमा र्‍याम्पमा देखिइन् । सबैको नजर उनीतिरै मोडियो । उनले कालो स्कूप–नेक स्विमसुट लगाएकी थिइन् । स्विमसुट माथि फ्लोरल प्रिन्टेड ओवर सर्ट थियो ।

सिड्नीको केरिजवक्समा भएको यो फेशन विकमा साराले उमेरसँग जोडिएका सबै भ्रमलाई तोडेर आफूलाई एक मिसाइलका रुपमा प्रस्तुत गरेकी थिइन् ।

‘वृद्ध महिलाहरुका लागि एक परिपक्क व्यक्तिको जस्तै आउटफिट लगाउन मनलाग्छ । स्विमसुट लगाउनु मेरा लागि कुनै ठूलो समस्याको कुरा थिएन । किनकी ७० आजको नयाँ ५० सरह हो । हामी सबै स्वस्थ छौं । त्यहीकारण बढी समय बाचिरहेका छौं । तपाईंले एउटा मात्र शरीर पाउनुभएको छ । त्यसमा गर्व गर्नुपर्छ । कुनै आकार, तौल र उमेर भन्दा पनि अरुलाई सशक्त बनाउन काम गर्नुपर्छ’, उनले भनेकी छन् ।

उनी अहिले अन्तर्राष्ट्रिय अनुभवी मोडल बनेकी छन् । उनले १६ वर्षको उमेरमा आफ्नो पहिलो र्‍याम्पवक गरेकी थिइन् । यो र्‍याम्पवक साराले न्यूजिल्याण्डमा पाइरी कार्डिनका लागि गरेकी थिइन् ।

‘म एक ड्रेस रिहल्सल हेर्न गएको थिएँ । उनीहरुले मलाई कुनै पनि हालतमा शोमा सहभागिता जनाउने निर्णय लिए किनकी म अन्य युवतीभन्दा अग्ली थिएँ’, पहिलो मोडलिङ अनुभव उनले सम्झिएकी छन् ।

उनको चर्चा एंटीपोड्सदेखि यूरोप र अमेरिकासम्म छ । उनले पेरिस, इटली र लण्डनमा वोगका लागि मोडलिङ गरेकी छन् । अष्ट्रेलिया आउनुअघि सारो पेरिस, मिलान र लण्डनमा भेलेन्टिनो, कार्ल लेजरफेल्ड र जान्द्रा रोडेज जस्ता ब्राण्डका लागि क्याटवक गरिसकेकी छन् । ७० को दशकमा उनी प्लेब्वाय म्यागजिनको कभरमा पनि आइसकेकी छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ४ : ४० बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको